राजनीति

धनगढी उपमहानगरपालिकामा काँग्रेसले मतान्तर बढाउँदै

धनगढी उपमहानगरपालिकामा काँग्रेसले मतान्तर बढाउँदै

 

असार - २२ । धनगढी उपमहानगरपालिकाको निर्वाचनको पछिल्लो मतगणनाको परिणामानुसार प्रमुखमा नेपाली काँग्रेसका प्रत्याशी नृप बडले आफ्नो अग्रता बढाएका छन्। 

तीन दिनदेखि प्रमुखका प्रत्याशी बड र प्रमुखका अर्का स्वतन्त्र प्रत्याशी गोपाल हमालबीच थोरै मतान्तरले प्रतिस्पर्धा हुँदै आएकामा विहीबार मतान्तर बढेको हो । अपराह्नसम्म बडले नौ हजार ८७६ मत पाउँदा हमालले नौ हजार चार मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांँग्रेसकै सुशीला मिश्रले सुरुदेखि नै आफ्ना प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै अाएकी छिन्। उनी साँझसम्म १२ हजार २२४ मतका साथ अग्रस्थानमा रहँदा नेकपा(एमाले)की रुक्मिणी देवकोटाले नौ हजार १९३ मत प्राप्त गरिन् ।

विशेष