विचित्र विश्व

१५ वर्षे युवाले रोजे ७३ वर्षीया बृद्धा, यस्तो छ प्रेम कहानी

१५ वर्षे युवाले रोजे ७३ वर्षीया बृद्धा, यस्तो छ प्रेम कहानी


असार २३ । प्रेममा उमेरको छेकवार हुँदैन भनिन्छ । यो उक्तिलाई इन्डोनेसियाको एक जोडीले चरितार्थ गरेका छन् ।

१५ वर्षका एक बालकले ७३ वर्षीया बृद्धासँग प्रेम विवाह गरेर यो उक्तिलाई चरितार्थ गरेका हुन् । यी दुबैबीच केही वर्षदेखि प्रेम सम्बन्ध चुलिएको थियो । विवाह गर्न नपाउँदा दुबैले आत्महत्याको धम्की दिएका कारण कानून विपरीत पनि यो जोडीलाई विवाहका लागि अनुमति दिइएको बताइन्छ ।

समाचार एजेन्सीहरुका अनुसार १५ वर्षीय सेलामत रियादीलाई मलेरिया भएको थियो । पिता गुमाएका उनलाई छिमेकी महिला रोहाया बिनती मोहम्मद जकफरले बिरामी अवस्थामा निकै हेरचाह गरेकी थिइन् । आमाले दोस्रो विवाह गरेपछि घरमा एक्लो भएका सेलामतलाई बिरामी अवस्थामा हेरचाह गर्न छिमेकी बृद्धा रोहायाले कुनै कसर बाँकी राखिनन् ।

यहीँबाट उनीहरुबीच प्रेम सुरु भएको हो । रोहायाले यसअघि दुई पटक विवाह गरिसकेकी छन् । उनका एक सन्तान रहेको बताइएको छ । तेस्रो विवाहका लागि उनले १५ वर्षीय सेलामतलाई रोजिन् । सेलामत पनि रोहायालाई उत्तिकै चाहन्छन् । इन्डोनेसियामा विवाहका लागि पुरुषको उमेर १९ वर्ष पुग्नु पर्दछ । तर उमेर नपुगेकै कारण विवाह हुन नसक्ने भएकाले दुबैले आत्महत्या गर्ने चेतावनी दिएका थिए ।

कराङ इन्डाह गाउँका मुखिया सिक ऐनीका अनुसार विवाहका लागि सेलामतको उमेर नपुगे पनि विवाह गर्न उनीहरुलाई अनुमति दिइएको हो । उनीहरुले आत्महत्या गर्ने धम्की दिएका कारण उमेर नपुग्दा पनि विवाहका लागि उनीहरुलाई अनुमति दिइएको ऐनीले बताए । उमेर नपुगी विवाह गर्नु परेकाले विवाहलाई औपचारिकतामा मात्र सीमित राखिएको उनले बताए ।

यद्यपि उनीहरुको विवाहको समाचार इन्डोनेसिया भर फैलियो । सामाजिक संजालमा उनीहरुको विवाहको तस्वीर भाइरल बनेपछि अन्तर्रा्ष्ट्रिय संचारमाध्यममा पनि उनीहरुको प्रेम कथाले स्थान पाएको छ ।

विशेष