राजनीति

भरतपुर प्रकरणः सुनुवाई फेरि सर्यो, अव कहिले होला सुनुवाई

भरतपुर प्रकरणः सुनुवाई फेरि सर्यो, अव कहिले होला सुनुवाई

असार – २३ । भरतपुर महानगरपालिकाको वडा १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगकको निर्णयविरुद्धको रिटको सुनुवाई फेरि आगामी सोमबारसम्म सारिएको छ । न्यायाधीशद्वय मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको भएपनि तर, उनीहरुले हेर्न नभ्याएको सूचीमा राखेका हुन् ।

२० नम्बर वडाको मतगणना बाँकी रहँदा १९ नम्बरको आधा भन्दा बढि गणना भइसकेपछि मतपत्र च्यातिएको थियो । भतरपुर महानगरपालिकामा मतगणना अतिम चरणमा पुगेका बेला माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेका थिए ।

आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेपछि सो वडाका एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गरेका थिए । उनीहरुको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकाल इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यन्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको थियो ।

भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट मेयरमा नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल र उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह उम्मेदवार छन् । नेकपा (एमाले)बाट मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्य प्रतिस्पर्धामा छन् ।

विशेष