राजनीति

१६६ मतान्तरले एमाले विजयी

१६६ मतान्तरले एमाले विजयी

 

असार - २३ । कञ्चनपुरस्थित भीमदत्तनगरपालिकाका प्रमुखमा नेकपा(एमाले)का सुरेन्द्र विष्ट विजयी चएका छन् । 

नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार पदम बोगटीलाई १६६ मत अन्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका छन् । विष्टले ११ हजार ८३१ र उनका निकटतम प्रतिद्वन्द्वी बोगटीले ११ हजार ६६५ मत प्राप्त गरेका छन्। 

त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका सुशीला सिंह निर्वाचित भएकी छन्। उनी १२ हजार ७७५ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका माया पन्तले ११ हजार ८३६ मत प्राप्त गरिन् । 

कुल ३७ हजार ४६७ मत खसेको थियो । उन्नाइस वडा रहेको नगरपालिकामा एमालेले १०, काँग्रेसले सात र नेकपा (माओवादी केन्द्र)ले दुई वडाध्यक्ष जितेका छन् । नौ स्थानीय तह रहेको कञ्चनपुरमा अब पुनर्वास नगरपालिकाको मत परिणाम आउन बाँकी छ ।

विशेष