राजनीति

राजपाको विवाद चरम उत्कर्षमा : जनकपुरमा युवाले यादवको पुत्ला जलाए

राजपाको विवाद चरम उत्कर्षमा : जनकपुरमा युवाले यादवको पुत्ला जलाए

असार २३ । पार्टीको विधानका विषयमा राष्ट्रिय जनता पार्टी नेपालमा देखिएको विवाद चरम उत्कर्षमा पुगेको छ ।

विवादका कारण बिहीबार पनि राजपा निर्वाचन आयोगमा दर्ता हुन सकेन । मधेस राजनीतिका अग्रणी नेता स्व। गजेन्द्रनारायण सिंह र रामजनम तिवारीलाई विधानमा नसमेटिएको भन्दै नेता अनिल झाले विधानमा हस्ताक्षर गर्न नमानेपछि विवादले उग्र रुप लिएको हो ।

यता मधेसी जवनताको भावना विपरीत गएको भन्दै जनकपुरधाममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरिएको छ ।

केही आक्रोशित युवाले यादवले मधेसीहरुको भावनामा ठोस पुग्ने अभिव्यक्ति पदएको भन्दै उनलाई सचेत हुन आग्रह समेत गरे ।

समाचारपत्र

विशेष