राजनीति

उदयपुरको त्रियुगामा एमाले, झापाको बुद्धभुमीमा कांग्रेस विजयी

उदयपुरको त्रियुगामा एमाले, झापाको बुद्धभुमीमा कांग्रेस विजयी


असार २३ । त्रियुगा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार बलेदेव चौधरी विजयी भएका छन् ।

चौधरीले ११ हजार ३ सय ६८ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी नेपाली काग्रेसका बसन्तकुमार बस्नेतले ११ हजार २ सय ९५ मत पाए । 

यस्तै त्रियुगा नगरपालिका उपप्रमुखमा नेपाली कांग्रेकी देवीकुमारी चौधरी विजयी भएकी छन् । उनले ११ सय ३ सय २२ मत ल्याएर विजय भइन । प्रतिद्वन्द्वी एमालेकी गितादेवी रेग्मीले ११ हजार २ सय ७९ मत पाइन ।

उता झापाको बुद्धभुमी गाँउपालिकामो कांग्रेसका रमेश भुजेल विजयी भएका छन् भने उपाध्यक्षमा एमाले विजयी भएको छ ।

विशेष