राजनीति मुख्य समाचार

इटहरी उपमहानगरपालिकाको मेयरमा द्धारिकालाल चौधरी

इटहरी उपमहानगरपालिकाको मेयरमा द्धारिकालाल चौधरी


असार २३ । इटहरी उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका द्धारिकालाल चौधरीले कुल २ हजार ७ सय ४ मतको अन्तरले नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार रोहित प्रसाईलाई पराजित गरेका छन् ।

सहायक निर्वाचन अधिकृत तथा इटहरी उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुन दाहालका अनुसार मेयरमा विजयी द्धारिकलाल चौधरीले २२ हजार ६ सय ८९ मत प्राप्त गरे । कांग्रेसका प्रसाईले १९ हजार ९ सय ८५ मत प्राप्त गरे ।

त्यसैगरि उपमेयरमा एमालेकी लक्ष्मि गौतमले ३ हजार ४ सय ९० मतले कांग्रेसकी बिमला शिवाकोटी ढकाललाई पराजित गरेकी छन् । गौतमले २१ हजार ८ सय ४२ मत प्राप्त गरेकी छन् । कांग्रेसकी ढकालले १८ हजार ३ सय ५२ मत मात्र प्राप्त गरेकी छन् ।

विशेष