राजनीति

संशोधन प्रस्तावमा सहमति जुटाउन प्रधानमन्त्री देउवाद्वारा छलफल सुरु

संशोधन प्रस्तावमा सहमति जुटाउन प्रधानमन्त्री देउवाद्वारा छलफल सुरु

 

असार - २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन छलफल सुरु गरेका छन् । 

सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा राष्ट्रिय जनता पार्टी (राजपा) का बीच सदनमा दर्ता भएको संविधान संशोधन प्रक्रिया अघि बढाउन शुक्रबार अन्य दलसँग छलफल सुरु गर्ने सहमति भएको थियो । 

यस क्रममा प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान प्रम निवास बालुवाटारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र नेता पशुपति शम्शेर जबरासँग छलफल गरेका छन् । ती शीर्ष नेताका बीचमा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचनका विषयमा पनि कुराकानी भएको बताइएको छ । 

प्रधानमन्त्री देउवाले भेटमा व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावमा सहयोग गर्न आफ्नो पार्टीलाई आग्रह गरेकाे राप्रपाका अध्यक्ष कमल थापाले भेटपछि सञ्चारकर्मीलाई जानकारी दिए । उनले भने, “पार्टीको आन्तरिक बैठकमा छलफल गरी संविधान संशोधन प्रस्तावका बारेमा निर्णय लिइने जानकारी मैले प्रधानमन्त्रीलाई दिएँ ।” 

नेका, माओवादी केन्द्र, राप्रपा केही मधेसवादी दल मिलेर केही महिना अगाडि व्यवस्थापिका–संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

विशेष