राजनीति

'प्रदेश नं. १ को राजधानी धनकुटा बन्नसक्ने'

'प्रदेश नं. १ को राजधानी धनकुटा बन्नसक्ने'

 

असार - २४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले धनकुटा १ नं प्रदेशको राजधानी बन्नसक्ने सम्भावना बढेको बताएका छन्।

धनकुटाका स्थानीय तहका विजयी पदाधिकारीलाई बधाई दिन शनिबार धनकुटा सदरमुकाममा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले धनकुटाका सातवटै स्थानीय तहको निर्वाचनमा एकछत्र विजय गरेका कारण एमाले धनकुटाको पक्षमा रहेको बताए।

स्थानीय तहमा एमालेविरुद्ध देशभरि भएका विभिन्न गठबन्धनले परास्त गर्न नसकेको भन्दै ओलीले नेकपा ९एमाले० नेपालको स्थानीय सरकार सञ्चालन गर्ने स्थानीय तहमा विजयी भई पहिलो पार्टी हुन सफल भएको बताए।

एमालेले धनकुटा जिल्लाका सातवटै स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा विजय हासिल गरेको भन्दै नेपालभरिको स्थानीय तहको निर्वाचनमा धनकुटाको विशेष स्थान रहेको उनले बताए ।

विशेष