राजनीति

धरानमा एमालेको अग्रता कायमै

धरानमा एमालेको अग्रता कायमै

 

असार - २४ । धरान उपमहानगरको पछिल्लो मतगणनाको नतिजाअनुसार नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार तारा सुब्बाले १२ हजार २७३ तथा उपप्रमुखमा मञ्जु भण्डारीले १२ हजार ३३४ मत ल्याई अग्रता कायम गरिरहेकी छन् । 

मतगणनाको नतिजाअनुसार नेपाली काँग्रेसका तिलक राईले १० हजार ३९४ तथा उपप्रमुखमा श्यामा रेग्मीले नौ हजार ९७२ मत ल्याएर एमालेलाई पच्छ्याई रहेका छन्।  धरान उपमहानगरका २० वटामध्ये ११, १५, १७, १८, १९ र २० नम्बर वडाको मतगणना हुन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

विशेष