राजनीति

राप्रपाले बजेटका पक्षमा मतदान गरिने

राप्रपाले बजेटका पक्षमा मतदान गरिने

 

असार - २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको नीति तथा बजेटका पक्षमा मतदान गर्ने भएको छ । पार्टीका अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको संसदीय दलको बैठकले यही असार २९ गते व्यवस्थापिका–संसद्मा सो विषयमा हुने मतदान प्रक्रियामा पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग संविधान संशोधनका विषयमा शनिबार भएको छलफलबारे पनि बैठकमा अध्यक्ष थापाले जानकारी दिएको पार्टीका प्रमुख सचेतक कुन्तीकुमारी शाहीले बताए। सरकारमा उचित स्थान पाए मात्र सहभागी हुनुपर्ने सुझाव पनि अधिकांश सदस्यले दिएका बताइएकाे छ । 

विशेष