राजनीति

पशुपतिशम्शेरलाई कोमल वलीको सुझाब मुल घरमै फर्कनुस्

पशुपतिशम्शेरलाई कोमल वलीको सुझाब मुल घरमै फर्कनुस्

काठमाडौं । नेता पशुपति शम्शेर जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक पार्टी गठन गरेका छन् ।

आइतबार जबराले गठन गरेको राप्रपा प्रजातान्त्रिकमा तीन प्रत्यक्ष निर्वाचितसहित १९ सांसद र झण्डै ७० केन्द्रीय सदस्य पनि गएका छन् । निर्वाचन आयोगमा दल दर्ता भएपछि संसदमा राप्रपाभन्दा ठूलो पार्टी पनि बन्नेछ राप्रपा प्रजातान्त्रिक ।

पार्टी विभाजनपछि नायिका रेखा थापा राप्रपा प्रजातान्त्रिकतिर लागेपनि रेडियो नेपालको सरकारी जागिर छोडेर राजनीतिमा सक्रिय भएकी कोमल वली भने राप्रपामै छिन् ।

पार्टी विभाजनपछि निकै चिन्तित बनेकी राप्रपाकी केन्द्रीय सदस्य कोमल वलीले नेता पशुपति शम्शेर जबरालाई पार्टीमा फर्किन आग्रह गरेकी छिन् । एक टेलिभिजनमा नेता जबराले अन्तर्वार्ता दिँदै गरेको तस्वीर फेसबुकमा राख्दै नेतृ वलीले योग्य, सक्षम, नेतृत्व दिनसक्ने व्यक्तित्वले सबैलाई जोडेर नेतृत्व दिनु पर्ने भन्दै नेता जबरालाई राप्रपामै फर्किन आग्रह गरेकी हुन् ।

नेता जबरालाई पार्टीमा फर्किन आग्रह गर्दै वलीले भनेकी छिन,‘ हजुरको अभिभावकत्व आवश्यक छ पार्टीलाई। केही बिग्रेको छैन अझै।’ वलीले सिंहदरबारमा बाल्यकाल विताएको, बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पढेको र निकै शालिन व्यक्ति भनेर नेता जबराको प्रसंशा गरेकी छिन् ।

विशेष