राजनीति

कस्ता छन् राजनीतिक पोशाक ?

कस्ता छन् राजनीतिक पोशाक ?

काठमाडाैं । सबै देशका आ–आफ्ना स्टाइलका पोशाक हुने गरेको छ । पोशाक जुन समय, ठाउँ, पेशा र देश अनुसार नै भिन्न हुने गरेको छ । त्यसैगरि राजनीतिमा लागेकाहरुका राज नेताहरुका पोशाक पनि ठाउँ र देश अनुसार फरक फरक पाइन्छन् । नेपालमा भने नेता भन्ने बित्तिकै कोट पाइन्टमा ढाका टोपी वा खादीको कुर्ता सुरुवालसँग इस्टकोट जोडिन्छ ।

त्यसैगरि अस्ति भर्खर पनि मन्त्रीमण्डलको शपथको क्रममा पोशाकलाई लिएर ठूलै चर्चा भएको थियो । सबै मन्त्री कोट पाइन्ट र टाईमा शपथ लिन पुगेका थिए भने एक जना कांग्रेसका नेता खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादव कुर्ता पाइजामा र चप्पल मै शपथ लिन पुगेका थिए । केहि समय अगाडि एक अन्तरक्रिया कार्यक्रममा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पञ्चायतकालदेखि नै ढाका टोपीको लगाइले कसरी व्यक्ति र पेशाको पहिचान हुन्छ भन्नेबारे बताएका थिए ।

नेपालकै विभिन्न भु–भागमा ठाउँ अनुसार फरक फरक पहिरन हुन्छन् । नेपालका नेताहरुको पहिरनकै चित्रण गर्ने हो भने उस्तै खालको देखिन्छ तर सबै नेताका पहिरनहरु फरक नै पाइएको छ । पहिरन जुन भएतापनि नेताहरु चिटिकै परेर हिड्छन् ।
कुन नेताले ब्रान्डेड कपडा लगाउछन् 

प्रमुख दलका नेताकै कुरा गर्ने हो भने प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा सधैं दौरा सुरुवाल र कोट लगाउँछन् । कालो भादगाउँले टोपी भने कहिल्यै छुटाउँदैनन् । टाई भने उनलाई निलो र रातो मनपर्छ । उनी ब्रान्डेड नै पोशाक लगाउन रुचाउँछन् ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली पनि पहिरनमा दौरा सुरुवाल र कोट नै रुचाउँछन् । घर बस्दा साधारण सर्ट पाइन्ट नै लगाउने ओलीलाई जे लगाए पनि म्यचिङ नै चाहिन्छ । चिटिक्क परेर हिड्न रुचाउँछन् उनी ।

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पोशाकका मामलामा अलि सौखिन नै छन् । १० वर्षे द्वन्दपश्चात उनी र डा.बाबुराम भट्टराइसँग उस्तै उस्तै पोशाक हुन्थ्यो । उनीहरु प्रायजस्तो खैरो रंगको कमिज र पाइन्टमै हुन्थे । उनको एक पटकको सपिङमा ५,६ जोर कपडा किन्ने बानी छ । प्रधानमन्त्री भएपछि उनले सुट पाइन्ट लगाउन थाले ।

घर बस्दा भने प्रायः ट्रयाक र टिसर्ट नै लगाउन रुचाउन प्रचण्डको मनपर्ने पहिरन कोट, पाइन्ट र सर्ट हो । कालो रंग कालो मन पराउने उनी सुट, पाइन्ट र जुत्तागरि सबै कालो लगाउँछन् भने सर्ट सेतो हुन्छ । ब्रानडको त्यति सौखिन नरहेका उनलाई लुगा भने चिटिक्क परेको र ‘टिपटप’ हुनुपर्छ ।

पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई जे पनि स्वदेशी नै रुचाउँछन् । सकेसम्म नेपालमै उत्पादन हुने ब्रान्डको सर्ट पाइन्ट र जुत्ता लगाउन खोज्छन् । सफा भएर हिँड्ने तर पोशाकमा भने त्यत्ति धेरै ध्यान दिँदैनन्  उनी । उनलाई मनपर्ने रंग भने नीलो हो । जातीय भेषभुषा गर्न उनी माहिर छन् । प्रधानमन्त्री हुँदा नेवारी पोशाकमा रहेर उनले नेपाली भाषामै सम्बोधन गरेका थिए । तराई–मधेशतिर पुग्दा मधेशी झल्किने पोशाक लगाएर मैथिली भाषामै भाषण गरेको कुरा चर्चामा पनि आएको थियो ।

मधेशका नेताहरु
राजपा अध्यक्ष महन्थ ठाकुर भने हरेक दिन लुगा फेरिफेरि लगाउने नेतामा पर्छन् । कतिसम्म भने उनी आज लगाएको लुगा भोलि लगाउँदैनन् । उनको ‘फेबरेट’ पोशाक प्रायः कुर्ता, पाइजामा र बन्डी नै हुने गरेको छ ।

फोरम लोकतान्त्रिकका विजय कुमार गछेदार भने प्रायः सर्ट पाइन्छ र इस्टकोट नै लगाउन रुचाउँछन् । त्यसैगरि उपेन्द्र यादव कार्यक्रम अनुसार पोशाक लाउँछन् । सर्ट पाइन्ट इस्टकोट र कहिले कुर्ता पैजामा गम्छा लगाउन रुचाउँछन् ।

भारतका नरेन्द्र मोदी

छिमेकी राष्ट्र भारतको कुरा गर्दा, २०१४ मा १४ औं प्रधानमन्त्रीका रूपमा उदाएका मोदी पनि पोशाकको मामिलामा स्टाइलिस नेताका रूपमा चिन्छिन् । कुर्ता पाइजामा र बन्डीमा देखिने उनले ओभरकोट समेत लगाउन मन पराउँछन् । पहेँलो गेरुवस्त्रमा समेत बेला–बेलामा देखिन्छन्, उनी ।

 

विशेष