राजनीति मुख्य समाचार

माओवादी सकियो अब केन्द्रमात्रै बाँकी रहने : ओली

माओवादी सकियो अब केन्द्रमात्रै बाँकी रहने : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पार्टीमा अब केही पनि बाँकी नरहेको र केन्द्रमात्रै बाँकी रहेको बताएका छन् ।

विहीबार धुम्बाराहीस्थित एमाले मुख्यालयमा माओवादीका कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै ओलीले भने ‘तपाईहरुले अलिकति हल्लाइदिनुभयो, अब एकपल्ट हल्लाइदिने हो भने माओवादी सकिन्छ ।’

रुखमा पात अडिनका लागि जीवन आवश्यक पर्ने भन्दै ओलीले माओवादीभित्र जीवन नरहेकाले अब पातहरु झर्दै जाने बताए । माओवादी पार्टीमा ०५५ सालदेखि एउटै नेताको जमिन्दारी चलेको ओलीले बताए ।

एमाले मुख्यालयमा आयोजित कार्यक्रममा सिरहाका माओवादी कार्यकर्ता गणेश अधिकारी र वैद्य समूहका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराइएको थियो ।  उनले कांग्रेसले ल्याएको निजीकरणको विरोध गर्नुका साथै तराई मधेसको विकासमा जोड दिनुपर्ने कुरा गरे ।

विशेष