राजनीति

बाबुरामकाे नयाँशक्ति फुटको संघारमा

बाबुरामकाे नयाँशक्ति फुटको संघारमा


काठमाडौ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल फुटको संघारमा पुगेको छ ।

पार्टीका बरिष्ठ नेता देवेन्द्र पौडेलसहितले बिहिबार काठमाडौमा पत्रकार सम्मेलन गरी असन्तुष्टी सार्वजनिक गरेर पार्टी बिघटनको संघारमा पुगेको घोषणा गरेका हुन ।

‘काम गर्ने र नगर्ने छयासमिस एउटै स्तरमा राखियो । राजनीतिक कार्यकर्ताहरुलाई उत्पीडन गर्नेसम्म गरियो । कतिपय पदीय महत्वकाँक्षी बढेर गयो । मुलत नेतृत्वबाट यसलाई रोक्नुको सट्टा प्रोत्साहन गरियो र पार्टी उल्टो दिशाबाट हिडन थालेपछि तल जोश जाँगर रहेन र बिघटनको स्थितिमा पुग्यो’ पौडेल नेतृत्वको समूहले भनेको छ ‘नयाँ शक्ति पार्टीमा पटक पटक कुरा उठाउँदा पनि यसको सुनुवाई भएन ।

‘काम नहुँदा निर्देशन दिने र निरिक्षण गर्ने सम्मका काम भएन । सतही रिपोर्टमा भर पर्ने र कसैले कुरा उठायो भने उसैलाई किनारा लगाउने प्रबृत्तिको विकास भयो । गतिशिल पार्टी बनाउने भनेको त जनसम्बन्ध विकास गर्ने,घर घरमा समर्थक,टोल टोलमा पार्टी कमिटी निर्माण गर्ने,आवश्यकता र क्षमताको आधारमा काम बिभाजन गरेर अगाडि बढनुको सट्टा व्यक्ति हेरेर जिम्मा दिने, नयाँ र पूरानाको बहाना बनाएर कार्यविभाजन गर्ने यो नै संगठनमा देखा परेको संकिर्णता हो’ उनीहरुले भनेका छन ‘नयाँ शक्ति बन्ने बित्तिकै महत्वकाँक्षीहरुको गुटहरु बन्दै गए ।

इमान्दार रुपमा खटेकाहरुलाई अपमानित गरियो । एक पछि अर्को गल्ती हुँदै गएर राजनीतिक कार्यकर्ता र गैरराजनीतिक कार्यकर्ता वीच बहस शुरु भयो ।’

पौडेलसहित १५ जना नेताहरुले पत्रकार सम्मेलन गरी १० बुँदे अपिल जारी गरेका छन् ।

विशेष