राजनीति भिडियो अन्तरवार्ता

यो देशमा सरकार भाको भए डा. केसीका मुद्दाहरु सम्बोधन भइसक्थ्यो: शिव सेना नेपाल (भिडियोसहित)

यो देशमा सरकार भाको भए डा. केसीका मुद्दाहरु सम्बोधन भइसक्थ्यो: शिव सेना नेपाल (भिडियोसहित)

 अनिल बस्नेत, अध्यक्ष, शिवसेना नेपाल

काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसी स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै आमरण अनसन बसेको १९ दिन भइसक्यो । उनको माग समेट्ने गरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पनि आज पारित भइसकेको छ । उनको अनसन तोड्न अहिले पहल पनि भइरहेको छ ।

डा. केसीको मागप्रति धेरैको समर्थन छ । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतको पनि उनको मागप्रति पूर्णतः समर्थन छ । तर माग पूरा गर्न सरकारले ढिलाइ गरेकोमा उनको असन्तुष्टि पनि धेरै छ ।

‘डा. केसीलाई बारम्बार अनसन बस्नुपर्ने अवस्था खडा गरिएको छ, यो सम्पूर्ण देश र देशवासीका लागि दु:खदको कुरा छ । यो देशमा सरकार भाको भए डा. केसीका मुद्दाहरु अहिलेसम्म सम्बोधन भइसकेको हुन्थ्यो । तर दुखको कुरा छ, डा.केसीले मेडिकल क्षेत्र र नेपालकै सुधारको लागि यत्रो ठूलो कदम उठाउँदा पनि सरकारले केही गर्न सकेको छैन । बारम्बार अनसनमा बस्दा पनि माग सुनुवाइ नहुँदा शिव सेना दुखित छ ।’

शिव सेना अध्यक्ष बस्नेतले नेपालमा कसैले सही र सत्य काम गर्छ त्यसमा आफूहको समर्थन सधै रहने र आफूहरु हातमा हात मिलाएर अघि बढ्ने पनि बताए ।

उनले अहिले नेपालमा जुन सिस्टम छ, त्यसले मुलुक नचल्ने जिकिर पनि गरे । ‘मुलुकमा अहिले जुन सिस्टम छ त्यो सिस्टमले मुलुक चल्न सकेको छैन । डा. केसी जसरी निःस्वार्थ भई अगाडि बढ्नु भएको छ, त्यसलाई म सम्मान गर्छु, अहिले मुलुकको सम्पूर्ण सेक्टरहरु बिग्रेको अवस्था छ । र यो सबैको जड राजनीति नै हो । राजनीतिक जडले यसको निकास दिन सक्दैन ।’

उनले शिव सेना नेपाल हिजोदेखि अहिलेसम्म पनि यो मुलुक धर्म नीतिमा चल्नु पर्छ भन्ने मान्यतामा रहेकोमा जोड दिए । ‘धर्म नीतिमा चलेन भने आज मात्र होइन यस्ता घटना फेरि दोहोरिन्छ । हामीले गर्ने धर्मको क्रियाकलाप र राजनीतिले गर्ने क्रियाकलाप मिलेन भने पछि राजनीतिसँग गएर नै जोडिन्छ,’ अध्यक्ष बस्नेतले भने । उनले थपे, ‘जब मान्छेमा धर्म रहँदैन जब मान्छे स्वार्थी हुन्छ, जब मान्छे केबल आफ्नो बारेमा मात्र सोच्छ तब त्यस्तो मान्छेले राजनीति गरे मुलुकको निकास कहिल्यै हुँदैन । यो किसिमको व्यवस्था जडबाट नै उखेलेर फाल्नुपर्छ । यस्तो परिर्वतन ल्याउन हामी लागिपरेका छौं ।’

उनले स्वास्थ्य क्षेत्रमा माफियागिरी अन्त्य हुनुपर्ने र यसमा शिवसेनाको तर्फबाट पूर्ण रुपले समर्थन र साथ रहने पनि प्रष्ट पारे ।

उनले राजनीतिक विषयमा धेरै बोल्न चाहेनन् । तर अहिलेको शासन प्रणालीप्रति भने असन्तुष्टि जाहेर गरे । ‘यो व्यवस्था ठीक छैन, यो व्यवस्थालाई जरैदेखि उखालेर फाल्नुपर्छ । राम्रा नेताहरु देशमा भएको भए आा हाम्रो देश यस्तो हुने नै थिएन । देश देशबाट नचलेर बाहिरी मुलुकबाट चलेको अवस्था छ । प्रत्येक सेक्टरमा बिदेशी हस्तक्षेप छ । प्रत्येक सेक्टर बिग्रेकै छ । यस्तो अवस्थामा नेपाली जनताले दुःख भोगेकै छ ।’

उनले मुलुकको दुर्दशा सुधार राजतन्त्र आवश्यक भएको जिकिर पनि गरे । ‘हामी शिव सेना नेपाल हिन्हु अधिराज्य स्थापनाका लागि अगाडि बढेका छौं, जसमा राजसंस्थाको स्थान हुन्छ, जसमा नेपाली जनताको स्थान हुन्छ, देश अखण्ड भएर जान्छ, जसमा सबैको स्थान रहन्छ,’ उनले भने ।

anil basnet siva sena

विशेष