राजनीति मुख्य समाचार

पुरीको बोलावटमा राजपा नेता भारतीय दूतावासमा

पुरीको बोलावटमा राजपा नेता भारतीय दूतावासमा


साउन १७ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्यहरुलाई भारतीय राजदुत मञ्जिभ पुरीले दुतावास बोलाएका छन् ।

अध्यक्ष मण्डलका सबै सदस्यहरु दुतावास पुगेका छन् । राजदुत पुरीको निमन्त्रणामा दुतावास हुने छलफलका लागि महन्थ ठाकुर, महेन्द्रराय यादव, शरतसिह भण्डारी, अनिल झा र राजेन्द्र महतो गएका हुन् ।

स्रोतका अनुसार तेस्रो चरणको स्थानीय तह निर्वाचन, संविधान संशोधन र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको लगायतको विषयमा छलफल हुने बताइएको छ ।

संविधान संशोधन लगायतका माग पूरा नभएसम्म चुनावमा नजाने अडान लिएर राजपाका नेताहरु भारतीय दुतावास जानु निकै चासोका साथ हेरिएको छ ।

विशेष