राजनीति

राज्यले युवाको सिर्जनात्मक प्रतिभा चिन्न सकेनः वाणिज्यमन्त्री

राज्यले युवाको सिर्जनात्मक प्रतिभा चिन्न सकेनः वाणिज्यमन्त्री

काठमाडाैं । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले देशले युवाको सिर्जनात्मक प्रतिभा पहिचान गर्न नसकेको बताएका छन् ।

विश्व युवा दिवसको अवसरमा नेपाल युवा परिषद्द्वारा आयोजित ‘राष्ट्रिय युवा सम्मलेलन २०१७’ को आज यहाँ उद्घाटन गर्दै मन्त्री विश्वकर्माले युवाको सिर्जनशील क्षमताले नै विश्व परिवर्तन भएको चर्चा गरे ।

सरकारले युवालाई नेपालमै बसेर उनीहरुको प्रतिभा अनुसारको काम गर्ने वातावरण बनाउन युवा लक्षित कार्यक्रम ल्याउने उनले प्रतिवद्धता व्यक्त गरे ।

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामप्रसाद थपलियाले युवालाई विदेशिनबाट रोक्नु नै ठूलो चुनौती भएको बताए ।

नेपाल युवा परिषद्का अध्यक्ष सरोज बानियाँले दिनप्रतिदिन युवा विदेशिनुले नेपालको विकास पछाडी पर्दै गएको धारणा राखे ।

‘शान्तिका लागि युवा’ भन्ने मूल नाराका साथ यो वर्ष आजका दिन अर्थात अगष्ट १२ तारिखमा संसारभरका युवाले अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदैँ छन् । ७४ जिल्लाका युवाको सहभागिता रहेको सम्मेलन तीन दिनसम्म चल्ने छ ।

Min Bahadur Biswakarma

विशेष