विचित्र विश्व

बजारमा आयो रिसाउँदा गीत गाउँदै हँसाउने र फकाउने ‘सेक्स डल’

बजारमा आयो रिसाउँदा गीत गाउँदै हँसाउने र फकाउने  ‘सेक्स डल’

चीन । चिनियाँ कम्पनीले बोल्ने, हाँस्ने र गीत गाउन सक्ने यौन गुडिया सेक्स डल निर्माण गरेका छन् ।

चिनियाँ कम्पनी ‘डल स्विट डल’ र ‘एक्स डल’ले संयुक्त रुपमा बनाएको ती यौन गुडिया सेक्स डलले बोल्दै, हाँस्दै, रिसाउँदै अनि फेरि गीत गाएर फकाउँदै यौन सन्तुष्टि दिन सक्नेछन् ।

कम्पनिका अनुसार स्मार्ट फोनको सहयोगले ती ‘सेक्स डल’सँग कुराकानी गर्दा हाँस्ने, रिसाउने तथा गीत गाएर फकाउनसमेत सक्ने विशेषता रहेको छन् । सुरुमा चिनियाँ भाषामा मात्रै कुरा गर्न मिल्ने बनाइएकोे ती डलहरु क्राउडफन्डिंगको सहयोगमा अन्तर्राष्ट्रिय बजारमा अंगे्जी र जापानिज भाषामा चाँडै उपलब्ध हुने कम्पनिले उल्लेख गरेको छ ।

अधिकारीक विक्रेता क्लाउड क्लाइमेक्स प्रमुख पाउल लुम्बले ती डलहरुको मुल्य ४५ सय यूरो करिव ६ लाख रुपैयाँ भन्दा माथी रहेको बताए । आधुनिक तरिकाले बनाइएका ती डलहरुमा ‘सिलिकन प्रोटोटाइप’ प्रयोग गरिएकोले यौनसम्पर्कमा कुनै समस्या नआउने कम्पनीको दाबि छ । ती डलहरुको शरीर सामान्य मानिसको छाला जस्तै लचकदार रहेकोसमेत उल्लेख छ ।

रोबोट प्रवधिमा बनाइएको ती डलहरु महिला तथा पुरुष दुबै प्रकारमा उपलब्ध हुने छन् ।

विशेष