राजनीति

निर्वाचन आयोगले भन्यो, राजपालाई चुनाव चिन्ह दिन मिल्दैन

निर्वाचन आयोगले भन्यो, राजपालाई चुनाव चिन्ह दिन मिल्दैन

काठमाडौं । निर्वाचन आयोगले आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन प्रयोजनका लागि राष्ट्रिय जनता पार्टी नेपाललाई नयाँ चुनाव चिन्ह दिन नसकिने स्पष्ट पारेको छ ।

प्रधानमन्त्री शेरवहादुर देउवाले आइतबार बोलाएको सत्तारुढ दल, राजपा र निर्वाचन आयोगका पदाधिकारीबीचको बैठकमा आयोगले मतपत्र छपाईका काम सम्पन्न भईसकेकाले नयाँ चुनाव चिन्ह दिन नसकिने जनाएको हो ।

राजपाका नेताहरुले भने चुनाव चिन्ह पाउनु संवैधानिक अधिकार भएको जिकिर गरेका थिए । बैठकमा प्रधानमन्त्री देउवाले आगामी मंगलबार संशोधन विधेयकलाई मतदानमा लैजाने आश्वासन दिएको पनि राजपा नेताहरुले बताएका छन् । 

विशेष