भिडियो कुरा: खस्रा मिठा

सबै ढोका खोलेर बिहारीलाई बगाई दिने ? उनीहरु चाहिँ मान्छे हैनन् ? (भिडियोसहित)

सबै ढोका खोलेर बिहारीलाई बगाई दिने ? उनीहरु चाहिँ मान्छे हैनन् ? (भिडियोसहित)

काठमाडौं । जल सरोकारमा गहिरो अध्ययन गरेका अरुण सुवेदीका यस विषयमा दुई किताब नै प्रकाशित छन् । कैयन लेखहरु पनि प्रकाशित छन् । अविरल वर्षापछि तराई डबुेपछि कतिपयले कोशी ब्यारेजका ढोकाहरु नखोलिएका कारण डुबान बढी भएको तर्क पेश गरेका छन् । तर सुवेदीको मतमा कोशी ब्यारेजले केही पनि नोक्सानी गरेकै छैन । सुवेदीले आफ्नो नियमित स्तम्भ ‘कुरा खस्रा मीठा’मा राखेको धारणाहरु यस्ता छन्ः 

कोशी नदीको पानीले बिहारमा बढी क्षति पुर्यायो भनेर नेपालसँग सम्झौता नै गरेर भारतले कोशीमा पुल अथवा भनौ बाँध बनाएको छ । यो बाँधले पानी रेगुलेट गर्छ । कोशी ब्यारेजदेखि उत्तर नेपाल हो, दक्षिण भारत । उत्तरमा चतरासम्म कोशीको दुवै किनारमा अग्ला बाँधहरु छन् । ताकी कोशीको पानी मानव वस्तीमा नपसोस् । त्यस्ता बाँधहरुले सुनसरी र सप्तरीका गाउँहरु जोगाएका छन् ।

 

ब्यारेजदेखि दक्षिणमा पनि भारतले आफनो हिसाबले बाढी नियन्त्रण गर्न विभिन्न उपाय अपनाएको छ । कोशीमा पानीको मात्रा कति हुन्छ त्यसकै आधारमा ढोकाहरु खोलिन्छ । हामीलाई थाहा नै छ कोशीमा पानी धेरै हुदा केही वष अघि लगभग सबै ढोकाहरु खोलिएका थिए । ढोका नखालेलेर नेपालमा डुबान नै हुँदैन । किनभने कोशीको पानी दक्षिणतर्फ जम्मा हुँदै जाँदा त्यो मानव वस्तीमा जानै पाउँदैन । दुई किनारका अग्ला बाँधले रोकिहाल्छ । बाँध तिर पानी बढ्न थाल्नु भनेको पानी अति धेरै हुनु हो । यस्तो अवस्थामा भारतले ढोका बन्द गरिदियो भने नेपालका दुई चार गाविस त बरबाद हुन्छन् हून्छन् भारतका त दुई चार जिल्ला नै तहस नहस हुन्छन् । यसकारण कोशी ब्यारेजमा निश्चित मापदण्डका आधारमा ढोका खोल्ने र लगाउने गरिन्छ ।

 

अब मैले त यो कोशी ब्यारेजको कुरा होइन कोशी उच्च ड्याम बन्नु पर्छ भन्ने मान्यता राख्दै आएको छु । यस्तै चाहना भारतको पनि छ । चतरादेखि माथि पहाडमै अग्लो बाँध बाँध्ने र त्यसबाट बिजुली, पर्यटन, सिंचाई, माछा पालन गर्नु पर्छ । पहाडमा कोशीको पानी जम्मा गर्दा कति ठूलो जलाशय बन्छ आफै अनुमान गर्दा भइहाल्यो । मानिसहरुलाई शंका छ कि भूकम्प आउँदा ड्याम भत्कियो भने के गर्ने ? खासमा भूकम्पले आजसम्म संसारका कुनै आधुनिक ड्याम भत्काएको छैन । यसको चिन्ता लिनै परेन ।अब नेपालमा डुबान किन भयो यसपटक त ? यसको खासमा उत्तर दक्षिणका अग्ला सडकहरु, ति सडक जोडने लिंक सडकहरु, तिनका पनि सहायक सडकहरुका कारण पानी जमेको हो । अर्को भारतले आफ्नो भूमिमा अवैध रुपमा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर बाँध बनाएको छ । यस्ता बाँध दुइ दर्जन छन् । यसका कारण पनि नेपालमा डुबान हुन्छ । यो मामिला गम्भीर हो । नेपालले कुटनीतिक पहल गरेर भारतका अवैध बाँध हटाउन लगाउनु पर्छ ।

 

स्याल हुइँया

स्यालको बथानमा एउटा करायो भने सँगै लागेर बाँकी स्याल पनि कराउँछन् । कराउनु पर्ने कुनै कारण हुनु पर्दैन । एउटा करायो भने बाँकी सबै कराउँछन् । ठिक त्यसै गरी भारतले कोशीको ढोका खोलेन भनेर सामाजिक सञ्जालहरुमा स्याल हुइँया मच्चाउनेहरु धेरै छन् । बुझ्नु केही परेन एउटा करायो भने सबै कराउन थाल्छन् । मैले कोशी ब्यारेजका ढोका र डुबानको बारेमा बोलेपछि अब मविरुद्ध पनि यस्तै स्याल हुइँया हुन सक्छ । मलाइ मतलव छैन ।’

 

arun kumar subedi kura khasra mitha कुरा: खस्रा मिठा अरुणकुमार सुवेदी

विशेष