गजल

चिन्ता मनमा भए पनि हाँस्न मनलाग्छ
चोट धेरै खाए पनि बाच्न मनलाग्छ
गगन जस्तै फराकिलो मन भए पछि
मन मिल्ने सँगै नाता गास्न मनलाग्छ
भाग्यमा होइन कर्ममा विश्वास हुनेरैछ
टुक्रिएको मनलाई फेरी टास्न मनलाग्छ
सन्तुष्ट लीनै पर्छ दुइदिने यो जीन्दगानी
सँगित को तालमा सधै नाच्न मनलााग्छ
सम्झना श्रेष्ठ
रामेछाप, भिरपानी ६
हालः तिनकुने, काठमाडौं