राजनीति मुख्य समाचार

एकै मितिमा दुई चुनाव गर्न तीन दल सहमत

एकै मितिमा दुई चुनाव गर्न तीन दल सहमत


काठमाडौं । प्रमुख तीन दल प्रदेशसभा र संघीय संसदको चुनाव एकै पटक मंसिर दोस्रो साताभित्र गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रदेशसभा र संघीय संसदको चुनाव एकै पटक गर्ने सहमति जुटेको हो । ‘मंसिरको दोस्रो साताभित्र चुनाव गर्ने सहमति भएको छ’ माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘भोलि निर्वाचन आयोगसँग छलफल हुन्छ ।’

निर्वाचन आयोगले प्रदेशसभा र संघीय संसदको चुनाव एकै पटक गर्न कठिन भएको बताउँदै आएको छ ।

तर, दलहरु दुबै चुनाव एकै पटक गर्ने पक्षमा छन् । यसका लागि दुई वटा मतपत्र बनाउन सकिने दलहरुको तर्क छ । नेताहरुका अनुसार प्रत्यक्षतर्फ संघीय संसद र प्रदेशसभाका लागि एउटा मतपत्र बनाउन सकिनेछ, जसमा दुई ठाउँमा स्वस्तिक छाप लगाउने व्यवस्था गर्न सकिनेछ ।

विशेष