विचित्र विश्व

चीनमा खुर्सानी खाने प्रतियोगिता, सु बने ‘चिली किङ’

चीनमा खुर्सानी खाने प्रतियोगिता, सु बने ‘चिली किङ’

हुनान । चीनमा प्रत्येक वर्ष मनाइने ‘खुर्सानी महोत्सव’मा अत्यन्तै पिरो मानिने रातो खुर्सानि छोटो समयमा धेरै खाएर एकजना युवक ‘खुर्सानी राजा’ चिल्लि किंग बनेका छन् ।

चीनको हुनान प्रान्तस्थित निंगसियांग शहरमा आयोजित महोत्सवमा सु नाम गरेको युवकले ६० सेकेण्डमा १५ ओटा खुर्सानी खाएर पहिलो भएपछि उनी ‘खुसार्नी राजा’ चिल्लि किंग बनेका हुन् ।

चिनियाँ सरकारी सन्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार प्रत्येक प्रतियोगीले अत्यन्तै पिरो मानिने ‘खुर्सानीको राजा’ नामले चिनिने खुर्सानी र पानी मिसिएको ठूलो भाँडोभित्र बसेर उक्त खुर्सानी खानुपर्ने हुन्छ ।

उक्त प्रतियोगीतामा अत्यन्तै पिरो पानीमा बसेर खुर्सानी खानुपर्ने भएकोले प्रतियोगीहरुको पेटभित्रमात्र नभई बाहिरी शरीरका संवेदनशील अंगहरु आँखा, कान लगायत गुप्तांगहरुसमेत पोल्ने गर्दछ ।

प्रतियोगीतामा भाग लिने ब्यक्तिहरु आरामको लागि बरफभित्र पस्ने र कतिपयलाई अस्पतालसमेत भर्ना गर्नुपर्ने अवस्था आउने बताइएको छ ।

विशेष