कला साहित्य

बाढीले रुवाएको छ आजकल

बाढीले रुवाएको छ आजकल

जताततै बाढिपहिरो गएको छ आजकल
सहनलाई गाह्रो पिडा भएको छ आजकल

कसैको परिवार लग्यो कसैको भयो नाश
कती नीठुर रहेछ दैब उठायो सबैको बास

यस्तो बेला सबैले निस्वार्थ सहयोग गरिदिनुस
दुखीको घाउमा मलम बनि खुशी छरिदिनुस

बाढीपहिरो तँलाई दिने छैनौ कहिल्यै माफ
के गरेको थियौँ र हामीले त्यस्तो ठूलो पाप

सम्झना श्रेष्ठ
तिनकुने, काठमाडौं

विशेष