विचित्र विश्व

सामान्य परिवारको बिजुलीको बिल ६१ अर्ब ! बिद्युत लाइन पनि काटियो

सामान्य परिवारको बिजुलीको बिल ६१ अर्ब ! बिद्युत लाइन पनि काटियो

झारखण्ड । भारतको एक सामान्य परिवारलाई विद्युत कार्यालयले ३८ बिलियन भारु (करिव ६१ अर्ब रुपैयाँ) को बिद्युत बिल दिएर तिर्न नसक्ने भन्दै घरमा बिद्युतको लाइन काटिदिएको छ ।

झारखण्डस्थित जमशेदपुरस्थित बिर.आर गुहाको परिवारलाई गत आइतबार झारखण्ड बिद्युतिय आयोगको कार्यालयले ३८ बिलियन भारु (करिव ६१ अर्ब रुपैयाँ) बराबरको बिद्युत बिल दिएको समाचार संस्था ’एएनआइ’ले उल्लेख गरेको छ ।

गुहाको परिवारले उक्त रकम तिर्न नसक्ने भन्दै घरको बिद्युत लाइनसमेत बिद्युत कार्यालयका कर्मचारी आएर काटिदिएको बताएका छन् । बिर.आर गुहाले जिवनमा कहिलेपनि नसोचेको घटना भएको बताए । उनले भने, ‘मेरो घरमा तीन ओटा कोठा छन, जसमा तीनओटा पंखा, तीनओटा ट्युबलाइट र एउटामात्रै टिभि छ, यतिधेरै रकमको बिल कसरि आउन सक्छ ?’

गुहाकी छोरी रत्नाले बिल देखेपछि सबैजना अचम्ममा परेको बताए । उनले भनिन, ‘मेरो आमालाई मधुमेह र बुबालाई प्रेसरकोे समस्या छ, यति धेरै रकमको बिलले हामिलाई झन् तनाब बनाएको छ ।’

रत्नाले छिमेकीको सहयोगमा झारखण्ड बिद्युतिय आयोगको कार्यालय विरुद्ध प्रहरीमा निवदेन दिएपछि घटनाबारे अनुसन्धान अघि बढेको झारखण्ड प्रहरीले बताएको छ ।

विशेष