राजनीति

नयाँ शक्तिबाट पौडेलसहित १५ नेताको विद्रोह, वृहत ध्रुवीकरण संयोजन समिति गठन

नयाँ शक्तिबाट पौडेलसहित १५ नेताको विद्रोह, वृहत ध्रुवीकरण संयोजन समिति गठन

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका नेताहरुले देवेन्द्र पौडेलको नेतृत्वमा वृहत ध्रुवीकरण संयोजन समिति गठन गरेका छन् । ध्रुवीकरणको पक्षमा लाग्नेहरुमा बामदेव क्षेत्री, मुक्ति प्रधान, पासाङ शेर्पा, कुमार पौडेल, महेन्द्र पासवान, सुशीला श्रीपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईँ, शर्मिली तामाङ, रत्न राना र सविन्द्र सुनुवार छन् ।

सो समूहले छुट्टै भेला गरेर पार्टीमा वैचारिक कार्यदिशाको अलमल र अस्पष्टता रहेको भन्दै पूर्व माओवादी, मधेसवादी, जनजाति, थारु आन्दोलनसमेतलाई ध्रुवीकरणका लागि फेरि आहृवान गरेको छ । यो समूहले छिट्टै राष्ट्रिय भेला गरी राजनीतिक कार्यदिशासहितको प्रतिवेदन र घोषणा पत्र सार्वजनिक गर्ने बताएको छ ।

पौडेलको नेतृत्वमा १५ नेताले हालै ध्रुवीकरणका लागि आहृवान गरेका थिए । लगत्तै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले उनीहरुलाई स्पष्टीकरण सोधेका थिए । उनीहरुले छिट्टै राष्ट्रिय भेला आयोजना गर्ने र राजनीतिक कार्यदिशासहितको प्रतिवेदन र घोषणा पत्र जारी गर्ने बताएका छन् ।

विशेष