विचित्र विश्व

पाँच महिनाको बाच्छोसँग ७४ वर्षीया बृद्धाले गरिन् विवाह

पाँच महिनाको बाच्छोसँग ७४ वर्षीया बृद्धाले गरिन् विवाह

साउन १७ । कम्बोडियाकी एक ७४ वर्षीया बृद्धाले पाँच महिनाको बाच्छोसँग विवाह गरेकी छन् ।

किम हेङ्ग नाम गरेकी ती महिलाका अनुसार उक्त बाच्छो उनकै पतिको पुनर्जन्म हो । ‘मेरो मृत पतिको पुनर्जन्मको रुप हो यो बाच्छो,’ उनले भनिन् । समाचार एजेन्सीहरुका अनुसार उनको पतिको गत वर्ष मृत्यु भएको थियो । आफ्नै घरमा रहेको गाईबाट जन्मिएको उक्त बाच्छोको गतिविधि पतिसँग ठ्याक्कै मिल्ने भएकाले उनले पतिको पुनर्जन्म भएको भन्दै बाच्छोलाई नै पति मानेकी हुन् ।

हाल दैनिक सयभन्दा बढी मानिस उक्त बाच्छोलाई हेर्न आउने गरेका छन् भने सामाजिक संजालमा पनि बाच्छो र ती महिलाको तस्वीर भाइरल बन्दै गएको छ ।
कारकेटी प्रान्तमा रहेको उनको घरमा दैनिक मानिसको भीड लाग्ने गरेको छ । उनले बाच्छोलाई सुत्नका लागि आफूसँगै ओछ्यान मिलाएकी छन् । बाच्छोलाई नुहाउनेदेखि लिएर खुवाउने काम पनि उनी उत्तिकै लगनका साथ गर्द्छिन् ।

उनका परिवारका सदस्यले पनि बाच्छोलाई उत्तिकै स्नेह गर्दछन् । यहाँसम्म कि, सन्तानले पनि बाच्छोलाई नै आफ्नो पिता मानेका छन् । अधिकांश बौद्ध धर्मावलम्बी रहेको मुलुक कम्बोडियामा पुनर्जन्ममा विश्वास गर्नेहरु प्रशस्त पाइन्छन् ।

विशेष