माओवादीले छान्यो आठ राज्यमन्त्री, आजै सपथ खुवाइने
श्यामकुमार श्रेष्ठ गृह राज्यमन्त्री
काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रले ८ राज्यमन्त्री चयन गरेको छ । उनीहरुलाई आजै सपथ खुवाउने तयारी भइरहेको छ ।
श्यामकुमार श्रेष्ठ गृह राज्यमन्त्री, रामसिंह यादव परराष्ट्र र जाकिर हुसेन उर्जा राज्यमन्त्री बन्नेछन् । यसैगरी शम्भुलाल श्रेष्ठ स्वास्थ्य, कर्णबहादुर विकलाई आपूर्ति, छमबहादुर गुरुङ सहरी विकास, गोमा कुँवरलाई पशुपक्षी र वाङ्दी शेर्पा सामान्य प्रशासन राज्यमन्त्री बन्दैछन् ।
कांग्रेसबाट १० र फोरम लोकतान्त्रिकबाट तीन जना राज्यमन्त्री बन्ने भएका छन् । यद्यपि, कांग्रेस र फोरम लोकतान्त्रिकले राज्यमन्त्री छान्न सकेको छैन ।