राजनीति

भरतपुरमा मतपत्र च्यातेर उदाहरणीय काम गरेको भन्दै थप पुरस्कार

भरतपुरमा मतपत्र च्यातेर उदाहरणीय काम गरेको भन्दै थप पुरस्कार

काठमाडौं । भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन ‘उदाहरणीय काम’ गरेबापत उनको पार्टी माओवादी केन्द्रले त्यहाँका होनाहार कार्यकर्ता मधु न्यौपानेलाई पुरस्कृत गरेको छ ।

उनलाई जिल्ला अध्यक्षको हैसियतले मतपत्र च्यातेको अपराधमा हिरासतमा राखेर छोडदा नै अबिर माला लगाएर योगदानको कदर गरिएको थियो । तर, त्यतिले नपुगेर यसै साता सम्पन्न युवा दस्ता वाइसिएलको महाधिवेशनबाट केन्द्रीय समिति सदस्यमा मनोनीत गरी पार्टी र नेतृत्व प्रति अटुट निष्ठाको सम्मान गरिएको हो ।

गणतन्त्र दिवसको अघिल्लो दिन जेठ १४ गते मध्यराति मतपत्र च्यात्ने अनुपम काम गरेको कारण उनलाई वाइसियलको केन्द्रीय सदस्य बनाइएको माओवादी सम्बद्ध नेताहरु बताउँछन् ।
–जनआस्था साप्ताहिकबाट

विशेष