भिडियो कुरा: खस्रा मिठा

भारतसँग सुपुर्दगी सन्धि पनि गर्नुपर्छ  (भिडियाे अन्तर्वार्ता)

भारतसँग सुपुर्दगी सन्धि पनि गर्नुपर्छ  (भिडियाे अन्तर्वार्ता)

राजनीतिक विश्लेषक अरुण सुवेदी नेपाल आज डककममा ‘कुरा खस्रा मीठा’ नामक भिडियो स्तम्भमा प्रस्तुत हुने गर्नु हुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका शन्दर्भमा विश्लेषक सुवेदीले नेपाल भारत सम्बन्धबारे धेरै विषयहरुमा प्रकाश पार्नु भएको छ । पछिल्लो भिडियो अन्तर्वार्ताका क्रममा उहाँले व्यक्त गर्नुभएको धारणाको सार निम्नानुशार छः

 

‘नेपालका प्रधानमन्त्री पाँच पाँच दिनसम्म बिना कारण भारतमा गएर बस्नु लाजमर्दो विषय हो । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण पाँच दिने छ । डेढ घण्टामा पुगिने दिल्लीमा बिहान गएर दिनभर बैठक, भेटघाट गरेर बेलुका फर्किँदा हुन्छ । नेपालका प्रधानमन्त्रीको काम नै नभए जस्तो देखिन्छ । भारत गएर पाँच पाँच दिन बस्नु भनेको नेपालका प्रधानमन्त्रीले आफ्नो मर्यादा घटाउनु हो ।

पालका प्रधानमन्त्रीहरुले पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्छन् । भारतलाई नै गाली पनि गर्छन् । प्रधानमन्त्री हुँदा आफ्नो क्षमताले भएँ भन्ने हटाउँदा भारतले हटायो भन्ने खेती नेपालमा पहिलेदेखि नै छ ।प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले लैजाने एजेन्डा सधै पुरानै हुन्छन् । महाकाली कार्यान्वयन गर्ने, अरुण तेस्रोको शिलान्यास गर्ने, कोशीको डुबान, बोर्डरको डुबानबारे प्रधानमन्त्रीले एजेन्डा बनाउनै पर्दैन । यी एजेन्डा नेपाल र भारत दुवै तिर स्थापित छन् । यस्ता विषय समाधान गर्न कर्मचारी तहबाटै छलफल चलाएर हस्ताक्षर मात्रै गर्न प्रधानमन्त्री जाँदा हुने हो ।

 

नेपालले जे जति एजेन्डा उठाउँछन् ती पूरा भएका छैनन । किनभने ती विषयमा दुई देशका चासो फरक परेर पूरा नभएका हुन् । नेपाली पक्षको कुनै ठोस धारणा नै छैन । भारतले ठोस धारणा लिएर आउन भन्छन् तर नेपालले सक्दैन ।

मानौ कुनै बाँध बनाएर भारतले आफ्ना जनताको जीउधनको रक्षा गरिरहेको छ । नेपालले भन्छ कि त्यो बाँध हटाउ । भारतले भन्छ ठिक छ बाँध त हटाउछौं । तर हाम्रा जनताको जीउ धनको रक्षा गर्ने तिमीसँग के योजना छ भनेर भारतले सोध्छ । हामी कुनै प्लानिङ नै दिन सक्दैनौं । अनि कहाँ भारतले हटाउँछ बाँध ?यो पटक नेपाल भारतबीच सुपुर्दगी सन्धीको कुरा हुने सुनेको छु । यो ठिक छ । सधैको विवाद रहनु भन्दा भारतसँग नेपालले सुपुर्दगी सन्धी गर्नु पर्छ । देशको बेइज्जती हुनु भन्दा कानुनी हिसाबले सुपुर्दगी गर्नु राम्रो हो । एउटा मिर्गौला व्यापारीलाई हामीले अवैध रुपमा भारतलाई सुपुर्दगी गर्यौं । बरु सन्धी गरेरै दिँदा ठिक हो नी ।

 

यस्तो सन्धी नगरेकै कारण भारतले नेपालका अपराधीलाई पालेर राख्छ भन्न मिल्दैन । रेशम चौधरीलाई भारतले रेड कार्पेट ओछ्याएर पालेर राखेको भन्न मिल्दैन । उनले प्रचण्ड भारत भ्रमणको बेला भेटे । तस्बीर सार्वजनिक भयो । तर सडकमा रेशम चौधरीलाई अपराधी करार गरेर हुँदैन । नेपालले रेशमलाई रेड कर्नर नोटसमा राखेर पक्राउ गरी बुझाउन भन्नु परो नी । सरकार क्षतिपूर्ति दिने अनि उसलाई भारतले पालेर राख्यो भन्न मिल्दैन ।

 

यो पटक महाकाली सन्धीपछि बनाउने भनिएको पञ्चेश्वर बहुद्देश्यीय योजनाबारे भारतसँग कुरा गर्ने भनिएको छ । भारतले ठूलो जलाशय भन्दा सानो जलाशय बनाउने रुची देखाएको छ । झन्डै ६ हजार मेगावाट बिजुली निकाल्ने गरी बनाउने कुरा थियो । अहिले २ हजारको बनाउने कुरा भारतको छ । महाकाली सन्धी गरेको भनेर केपी ओलीको खुब विरोध हुने गर्छ । खासमा महाकाली सन्धीको कारणले म केपी ओलीको आलोचना गर्दिनँ । यो सन्धी नेपालको पक्षमा भएर नै भारतले अहिलेसम्म कार्यान्वयन नगरेको हो भन्ने मेरो बुझाइ हो ।’

arun kumar subedi kura khasra mitha कुरा: खस्रा मिठा अरुणकुमार सुवेदी

विशेष