राजनीति

राजपा कार्यकर्ताले एमाले र राप्रपाको झन्डा जलाए

राजपा कार्यकर्ताले एमाले र राप्रपाको झन्डा जलाए

कपिलवस्तु । व्यवस्थापिका–संसदमा संविधान संशोधन विधेयकको विपक्षमा मतदान गरेको र तटस्थ बसेको भन्दै राजपा नेपाल कपिलवस्तुका नेता–कार्यकर्ताले नेकपा एमाले, राप्रपा र राप्रपा प्रजातान्त्रिकको झन्डा जलाएका छन् ।

मंगलबार नाराबाजीसहित जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको मुलगेटमा रहेको प्रशासनचोकमा भेला भएका राजपा नेता–कार्यकर्ताले ‘मधेसविरोधी’ भएको आरोप लगाउँदै तीन पार्टीको झन्डा जलाएका हुन् । राजपाका नेता–कार्यकर्ताले एमाले र राप्रपाविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

राजनीतिक दलको झन्डा जलाउन नमिल्ने भन्दै प्रहरीले हस्तक्षेप गरेपछि राजपाका नेता–कार्यकर्ताले स्थानीय प्रशासन र प्रहरीविरुद्धसमेत नाराबाजी गरे ।  घटनापछि प्रहरीले राजपाका स्थानीय दुई नेतालाई नियन्त्रणमा लिएको छ ।

विशेष