राजनीति

पूर्वराष्ट्रपतिका छोरालाई खानेपानी मन्त्रीले दिए खुट्टा भाँचिदिने धम्की

पूर्वराष्ट्रपतिका छोरालाई खानेपानी मन्त्रीले दिए खुट्टा भाँचिदिने धम्की

काठमाडौं । मन्त्रीले आफ्नै पार्टीका सांसदको खुट्टा भाँचिदिने धम्की दिएको उजुरी कांग्रेस नेतृत्वसमक्ष पुगेको छ ।

धनुषा क्षेत्र नम्बर ५ बाट निर्वाचित पूर्वराष्ट्रपतिका छोरा चन्द्रमोहन यादवलाई सोही क्षेत्रबाट समानुपातिक सांसद हुँदै खानेपानी मन्त्री बनेको महेन्द्र यादवले दिएको धम्कीको उजुरी वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालसम्म पुगेको हो ।

बानेश्वरस्थित आनन्द पार्टी प्यालेसमा प्रदेश नम्बर २ का नेता, कार्यकर्ताको निम्ति आयोजित भेलामा चन्द्रमोहनले आफ्नो खुट्टा भाँचिदिने धम्की दिएको पोल लगाएका थिए । यो कुरा मन्त्री महेन्द्रले पत्तो पाएका थिएनन् । तर सो भेलामा जम्मा भएका सप्तरीका कार्यकताले मन्त्राले पुगेको बेला शुक्रबार ४ बजे सुनाउने भ्याएका छन् । त्यतिबेला मन्त्रीले सोधे, ‘नेताहरुको प्रतिक्रिया के आयो त ? ’ ती कार्यकर्ताे बताए, ‘सुन्ने मात्रै काम भयो कोही बोलेनन् ।’

यति सुनेपछि मन्त्रीले चन्द्रमोहनलाई डरपोकको संज्ञा दिँदै यस्ता कातरलाई कसैले समर्थन नगर्ने बताए । उनले चन्दमोहन गैर राजनीतिक भएको पनि बताए ।
–जनआस्था साप्ताहिकबाट

विशेष