राजनीति

देउवा मोदी ‘वान टु वान’ वार्ता

देउवा मोदी ‘वान टु वान’ वार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान टु वान’ भेटवार्ता भएको छ । सहयोगीलाई समेत नराखेर देउवा र मोदीबीच हैदरावाद हाउसमा मध्यान्ह भेट भएको हो ।

यही भेटको पूर्वतयारी स्वरुप बुधबार नै देउवा र मोदीबीच अनौपचारिक भेट भएको थियो । बिहीबारको औपचारिक भेटवार्ता करिब आधा घण्टा भएको हो ।

दुबै देशका सरकार प्रमुखबीचको औपचारिक भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । यही वार्तापछि नेपाल र भारतबीच द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ ।

विशेष