राजनीति

उपचार गराउन ओली थाइल्याण्ड जाँदै

उपचार गराउन ओली थाइल्याण्ड जाँदै


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउनका लागि आज थाइल्याण्ड जाने भएका छन् । थाइ एयरवेजको विमानबाट आज दिउँसो १ बजे उनले नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान लागेका हुन् ।

अध्यक्ष ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जादैछिन् । यही भदौं १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीय सचिव अनिश दाहालले बताए ।

नियमित स्वास्थ्य उपचारका लागि उनी ६-६ महिनामा बैंकक जाने गरेका गरेका छन् । यसअघि जेठमा उपचारका लागि बैंकक गएका थिए ।

विशेष