शेरबहादुरको बुद्धी कस्तो त ? आफ्नो देशबारे भारतलाई रिपोर्टिङ गर्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला उठेका संविधान संशोधन र कोशी उच्च बाँधका विषयलाई लिएर सत्तारुढसहित विपक्षी दलले आक्रोश पोखेका छन् । उनीहरुले संविधान संशोधनका विषयमा देउवाको अभिव्यक्ति र नेपाल भारत संयुक्त विज्ञप्तिका सम्बन्धमा सर्वदलीय बैठकमार्फत प्रधानमन्त्रीले प्रष्ट पार्नु पर्ने माग गरेका छन ।
संविधान संशोधनमा आफूले संसद मा दुई तिहाई जुटाउन नसकेकोले त्यसका लागि पहल गर्न भारतीय प्रधानमन्त्रीलाई आग्रह गर्दै देउवाले राष्ट्रिय स्व्भाविमान गिराएको दलका नेताहरुको आरोप छ ।
कोशी उच्च बाँधबारे राष्ट्रिय सहमति बिना सहमति गर्नु मुलुकका लागि धोका भएको टिप्पणी सत्ता गठबन्धनकै माओवादी केन्द्र, विपक्षी एमाले, राप्रपालगायत केही सामान दलले गरेका छन् ।
एमाले नेता झलनाथ खनालले ४६ बुँदे सहमति र संविधान संशोधनबारे उठेका विषय राष्ट्रिय हित र अनुकुलका नभएको बताए । अरुको आन्तरिक मामिलामा कुरा राख्नु राम्रो हुँदैन । खनालले भने, ‘आफने देशको कारबाहीको रिपोर्टिङ गर्ने कार्य प्रधानमन्त्रीबाट हुनु दूर्भाग्यपूर्ण कदम हो ।’
अन्नपूर्ण पोस्ट्बाट