राजनीति

भारतप्रति प्रचण्डको आक्रोश, देउवा माथि पनि खनिए

भारतप्रति प्रचण्डको आक्रोश, देउवा माथि पनि खनिए

विराटनगर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विराटनगरस्थित भारतीय दूतावासको फिल्ड कार्यालय नहट्नु दूर्भाग्यपूर्ण भएको बताएका छन् । विराटनगरमा सोमबार सञ्चारकर्मीसँग अध्यक्ष दाहालले आफ्नै पार्टीका नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा सरकारले गरेको निर्णय कार्यान्वयन नहुनु दुर्भाग्यपुर्ण रहेको बताए ।

अर्को प्रसङ्गमा पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे दिएको अभिव्यक्ति प्रति असन्तुष्टि व्यक्त गरे । वर्तमान अवस्थामा संविधान संशोधनको प्रक्रिया सम्पन्न भइसकेको बताउँदै पुनः संशोधन हुने अभिव्यक्ति भारतमा दिनु उपयुक्त नभएको दाहालको भनाई थियो ।

संविधान संशोधन एउटा गतिशील प्रक्रिया रहेको उल्लेख गर्दै दाहालले भारतमै गएर प्रधानमन्त्री देउवाले संशोधन गरिहाल्ने भन्ने बिषय बोल्नु आवश्यक नभएको बताए । प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा आएको संयुक्त वक्तव्यमा कोशी सम्झौता बारे उल्लेख भएकोले यसको बारेमा छलफल गरेर मात्रै आफूले अन्तिम टिप्पणी गर्ने भनाई छ ।

विशेष