प्रदेश र संसद निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णय
मंसिर २१ गते दोस्रो चरणको निर्वाचन
काठमाडौं । सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । पहिलो चरणको निर्वाचन १० मंसिरमा गर्ने निर्णय गरेको सरकारले दोस्रो चरणको निर्वाचन भने २१ मंसिरमा गर्ने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति २१ मंसिरलाई तोकेको हो ।
सरकारले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरे पनि कहाँ कुन चरणमा गर्ने भन्नेबारे भने केही निर्णय गरेको छैन ।