राजनीति

गर्लफ्रेन्डसहित संसद पस्ने प्रेमबहादुर सिंहको दाउ

गर्लफ्रेन्डसहित संसद पस्ने प्रेमबहादुर सिंहको दाउ

काठमाडौं । समानुपातिक प्रतिनिधित्वका सन्दर्भमा संविधानले प्रत्यक्षतर्फ एक सीट अनिवार्य जितेको हुनुपर्ने गरी मत प्रतिशत तोकेपछि विशेषत भुरे टाकुरे पार्टीहरुलाई समस्या आइलागेको छ ।

एमालेबाट राजाको क्याबिनेट हुँदै प्रचण्डसँग निकट रही अलग्गै दल चलाउँदै आएका उनै सदाबहार मन्त्री प्रमबहादुर सिंहले अहिलेको नयाँ व्यवस्थाअनुशार आगामी संसदमा उपस्थित हुन समस्या परेपछि उपाय निकालेका छन् । उनको पार्टी हो, समाजवादी जनता दल । उनले माओवादीको चुनाव चिन्ह लिएर लड्न पाउँ भनी निवदेन दिएका छन् । यदि त्यो चिन्हमा उनले भाग लिने हो भने एकाध ठाउँबाट जित्ने झिनो सम्भावना छ । र, त्यसमा आफूले ल्याएको अनुमाति मतप्रतिशतका आधामा आफू, उस्तै परे प्रेमिकासहित संसदमा जान सक्नेछन् ।
जनआस्था साप्ताहिकबाट

विशेष