देश मुख्य समाचार

रहेनन् आचार्य केशवशरण

रहेनन् आचार्य केशवशरण

साउन १९ । नेपाली आध्यात्मिक क्षेत्रका धरोहर आचार्य खेमराज केशवशरणको गएराति निधन भएको छ । उनी ८१ वर्षका थिए ।

विभिन्न रोगसँगै निमोनियाबाट थला पर्नुभएका उनलाई एक महिनाअघि मस्तिष्काघातसमेत भएको थियो । चितवनको देवघाटमा बस्दै आएका उनी रोगका कारण गएराति १० बजे काठमाडाँै महानगरपालिका वडा नं ७ स्थित कालोपुल नजिकै सिफलमा रहेको आफ्नै निवासमा गएराति १० बजे निधन भएको छोरा गिरिधर उपाध्यायले जानकारी गराए ।

उनका दुई छोरा र दुई छोरी छन् । अमेरिकामा बस्ने जेठो छोरा नआइपुगेकाले भोलि शुक्रबार काठमाडौँको आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

आचार्य खेमराजको अन्तिम इच्छा देवघाट पुग्ने थियो । सोही इच्छाअनुसार उनलाई भेन्टिलेटर र अक्सिजनसहित हेलिकप्टरमा राखेर २६ दिनअघि देवघाट ल्याइएको थियो । त्यसपछि विस्तारै उनको स्वास्थ्यमा सुधार आएको र भेन्टिलेटर र अक्सिजन छुटाउँदासमेत स्थिर भएको थियो । चितवनको गर्मीले असर गर्न थालेपछि चार दिनअघि उनलाई काठमाडौँ लगिएको थियो ।

मोरङ जिल्लाको लेटाङको जाँतेमा जन्मिएका २०३५ सालदेखि चितवनको पवित्र तीर्थस्थल देवघाटमा बस्दै आएका थिए । आचार्य खेमराज केशवशरण संस्कृति वाङ्मय क्षेत्रका आध्यात्मिक व्यक्ति थिए ।

सनातन हिन्दु दर्शनका व्याख्याता उहाँका तीन दर्जन भन्दा बढी कृति प्रकाशित छन् । रेडियो नेपालमा लामो समय उनले धार्मिक कार्यक्रम सञ्चालन गरेका थिए ।

विशेष