राजनीति मुख्य समाचार

धरौटीमा रिहा भए देवी ज्ञवालीका छोरा

धरौटीमा रिहा भए देवी ज्ञवालीका छोरा

साउन १९ । भरतपुर महानगरपालिकामा माओवादी उम्मेदवार रेणु दाहाललाई फेसबुकबाट गालीगलौज गरेको आरोपमा पक्राउ परेका निरब ज्ञवाली धरौटीमा रिहा भएका छन् ।

प्रहरीले साइबर अपराधमा मुद्दा चलाउन अनुसन्धान गरिरहेका बेला जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णराम कोइरालाले २५ हजार धरौटीमा रिहा गरेका हुन् ।

निरबको तर्फबाट बहस गर्ने वकिलहरुले उनीमाथि लगाइएको अभियोग राजनीतिक उद्देश्यबाट प्रेरित रहेको र पुनः मतदानको मिति तोकिएपछि नियोजित रुपमा पूरानो उजुरीका आधारमा पक्राउ गरेको भन्दै उनीमाथि मुद्दा नचल्ने जिकिर गरेका थिए । आवेशमा गालीगलौज गरे पनि तत्कालै माफी मागको भन्दै वकिलहरुले उनको बचाउ गरेका थिए ।

दुई महिनाअघि भरतपुरको मतपत्र च्यातिएका बेला ज्ञवालीले फेसबुकबाट अपशब्द प्रयोग गरेको भन्दै रेणुका पतिले चितवन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा काठमाडौं प्रहरीले निरबलाई पुतलीसडकबाट बुधबार पक्राउ गरेको थियो ।

विशेष