राजनीति मुख्य समाचार

एमालेबाट सतर्क रहन प्रधानमन्त्री देउवाको आग्रह

एमालेबाट सतर्क रहन प्रधानमन्त्री देउवाको आग्रह


साउन १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेबाट सतर्क हुनुपर्ने बताएका छन् ।  एमालेले मधेसी र पहाडेलाई फुटाउन खोजेको भन्दै देउवाले सबै सतर्क हुनुपर्ने बताएका हुन् ।

दुई नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेलालाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले भने, ‘वर्षौंदेखि मिलेर बसेका मधेसी र पहाडेलाई राष्ट्रियताको नाममा एमालेले फुटाउन खोजेको छ । उबाट सतर्क हुनुपर्छ ।’

पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा आन्तरिक गडबडीका कारण कांग्रेस हारेको भन्दै देउवाले अब गडबडी सुधारेर पहिलो पार्टी बन्नुपर्ने बताए । उनले आगामी चुनाव कांग्रेसका लागि जीवन मरणको सवाल रहेको बताए ।

विशेष