‘भारत पहिलेको जस्तो छैन’ भनेर ओली फकाउन राजदूत पुगे बालकोट
साउन १९ । ‘पहिला जस्तो भारत नरहेको’ सन्देशसहित भारतीय राजदूत मञ्जिभ सिंह पुरीले एमाले अध्यक्ष केपी ओलीलाई भारतको स्वतन्त्रता दिवसमा आयोजना हुने एक महत्वपूर्ण कार्यक्रममा निम्ता दिएका छन् ।
भारतको ७० औं स्वतन्त्रता दिवसका अवसर काठमाडौंस्थित दूतावासमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज उपस्थित हुने कार्यक्रममा ओलीलाई उपस्थित भइदिन राजदूत पुरीले विशेष आग्रह गरेका थिए । मिर्गौला प्रत्यारोपण गरिएपछि भारतीय विदेशमन्त्री स्वराज पहिलो पटक नेपाल आउन लागेकी हुन भने ओलीको पनि मिर्गाैला प्रत्यारोपण गरिएको छ ।
–अन्नपूर्ण पोस्ट्बाट