ज्यानमारा खाल्डो, जहाँ एकै परिवारका चार बालिकाको मृत्यु भयो
रौतहट । रौतहटमा खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको छ । सडक निर्माणका लागि खनिएको खाल्डोमा जम्मा भएको पानीमा डुबेर ९ देखि १२ वर्ष उमेर समुहका बालिकाको मृत्यु भएको हो । उनीहरु खाल्डोमा नुहाउँदै थिए ।
मृत्यु हुनेमा १२ वर्षीया संगीताकुमारी साह, ९ वर्षीया सुनिता, ९ वर्षीया सुनैना, ९ वर्षीया सुस्मिता छन् । उनीहरु एकै परिवारका दाजुभाइका छोरी हुन् । संगीता र सुनिता रामएकवाल र सुस्मिता प्रेमनारायणकी छोरी हुन् । सुनैना जोगेन्द्र साहकी छोरी हुन् ।
घाँस काट्न हिडेका उनीहरू अत्याधिक गर्मी भएपछि नुहाउन सो सडक खण्डकोे खाल्डामा पसेका थिए ।