राजनीति

भरतपुरमा रेणुलाई पहिलो पटक अग्रता, देवीभन्दा ५७ मतले अगाडि

भरतपुरमा रेणुलाई पहिलो पटक अग्रता, देवीभन्दा ५७ मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकाको पछिल्लो मत गणनाअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छिन् । करिव एक हजार मत गणना गर्न बाँकी रहँदा दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीले भन्दा ५७ मत बढी पाएकी छन् ।

एमाले उम्मेदवार ज्ञवालीलाई दाहालले टपेको यो नै पहिलो पटक हो । वडा नम्बर १९ को गणना गर्नुअघि ज्ञवालीको अग्रता ७ सय ८४ रहेकोमा सो वडाको गणना सकिँदा मतान्तर दुई सय २१ मा झरेको थियो ।

तर, २० नम्बर वडाको २ हजार मत गणना गर्दा एमाले उम्मेदवार ज्ञवालीलाई पछि पार्दै दाहाल ५७ मतले अगाडि छिन् । परिणाम आज रातिसम्म आउने अनुमान छ ।

विशेष