राजनीति

भरतपुरलाई एशियाकै नमूना महानगर मनाइने

भरतपुरलाई एशियाकै नमूना महानगर मनाइने

काठमाडाैं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भरतपुर महानगरलाई देशकै र एशियाकै नमूना महानगरका रुपमा विकास गरिने बताएकी छिन् ।

निर्वाचनमा विजय भएपछि त्यहाँ आज(अाइतबार) आयोजित पदयात्रामा सहभागीलाई सम्बोधन गर्दै उनले प्राकृतिक सम्पदा र सुगमताका हिसाबले महत्वपूर्ण क्षेत्र भरतपुर नगरवासीको सुझाव र सल्लाहअनुरुप नै आफू अघि बढ्ने बताइन् । कार्यक्रममा नगर उपप्रमुखमा विजयी पार्वती शाहले जनताले दिएको मतको कदर गर्दै अबको पाँच वर्षमा नमूना नगर बनाउन आफूहरु सक्रिय रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अमिक शेरचनले उनले सिंहदरबारको अधिकार गाउँसम्म पुर्याउन अहिलेको नेतृत्व सफल हुने विश्वास व्यक्त गरिन् । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले सुशासन कायम गर्दै जनाकांक्षा बुझेर काम गर्न पदाधिकारीलाई सुझाव दिए ।

स्थानीय चौबीसकोठीमा भेला भएर सुरु भएको पदयात्रा नारायणगढको पुल्चोक पुगेको थियो । पदयात्रामा महानगरका सबै वडाबाट निर्वाचित प्रतिनिधिसहित काँग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता सहभागी थिए ।

Renu Dahal

विशेष