राजनीति

यी हुन् राप्रपा फुटाउन पशुपतिशमशेरलाई साथ दिने २० सांसद

यी हुन् राप्रपा फुटाउन पशुपतिशमशेरलाई साथ दिने २० सांसद

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजित गराएर राप्रपा प्रजातान्त्रिक दल दर्ता गराउन नेता पशुपति शमशेर राणालाई २० सांसदले साथ दिएका छन् । राणाले आफूलाई २२ सांसदको साथ रहेको भने पनि दल दर्ताको निवेदनमा २० जनाले हस्ताक्षर गरेका छन् । निर्वाचन आयोग र संसद सचिवालयको सूचना अनुसार २० जना साँसदले कमल थापा नेतृत्वको राप्रपा छोडेर राणा नेतृत्वलाई समर्थन जनाएका छन् । राप्रपामा ३७ सांसद रहेकोमा अब अध्यक्ष कमल थापासँग १५ सांसद मात्र बाँकी छ ।

१, आनन्दी पन्त कञ्चनपुर 
२,विराज विष्ट ललितपुर 
३,सीता लुइटेल काठमाडौ 
४,कमलादेवी शर्मा कास्की 
५,धानो महरा सिराहा 
६,राजेश्वरी देवी सर्लाही 
७,रेशमबहादुर लामा काभ्रे 
८,शयन्द्र वान्तवा मोरङ 
९,दिपक बोहोरा रुपन्देही 
१०,रमेश कुमार लामा सिन्धुपाल्चोक 
११,सरोज शर्मा काठमाडौ 
१२,सुनिलबहादुर थापा धनकुटा 
१३,गीता सिंह बाँके 
१४,रामकुमार सुब्बा सुनसरी 
१५,लिलादेवी श्रेष्ठ इलाम 
१६,बबिना मोक्तान पाँचथर 
१७,इस्तियाक अहमद खान रुपन्देही 
१८,विक्रम पाण्डे चितवन 
१९,राज्यलक्ष्मी श्रेष्ठ नुवाकोट 
२०,लक्ष्मी थापा पासवान धनुषा

विशेष