राजनीति

महिलाको हक अधिकार स्थापित गर्ने नवनिर्वाचित मेयर रेणु दाहालको प्रतिबद्धता

महिलाको हक अधिकार स्थापित गर्ने नवनिर्वाचित मेयर रेणु दाहालको प्रतिबद्धता


साउन २२ । चितवनको भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख रेणु दाहालले महिलाको हक अधिकार स्थापित गर्न लागिपर्ने बताएकी छन् ।  

उनले महिलाको अधिकारको पक्षमा र एकल महिलाको अधिकार स्थापित गर्ने कुरामा आफूले केही गरेर देखाउने प्रतिक्रिया दिइन । पहिलो काम नै महिलाको अधिकार सुरक्षित गर्ने रहेको उनको भनाइ थियो ।

गएराति करिव १०ः३० बजे विजयी भएका उनले संक्षिप्त प्रतिक्रिया दिँदै देशकै केन्द्रभागमा रहेको भरतपुर महानगरलाई एउटा व्यवस्थित शहरका रुपमा विकास गर्ने बताइन । “देशकै केन्द्रभागमा महानगर भएकाले समृद्ध र एउटा व्यवस्थित शहर बनाएर अघि बढ्ने छु, दाहालले भनिन्, “पहिलो, दोस्रो र तेस्रो गरेर प्राथमिकताको आधारमा काम गर्छु ।”

यस्तै नवनिर्वा्चित उपप्रमुख पार्वती शाहले विगतमा बनाएको घोषणापत्र र गुरुयोजना बनाइसकेकाले त्यसअनुसार अघि बढ्ने बताइन ।  प्रमुख र उपप्रमुख महिला नै भएकाले पनि महिलाका विषयमा गम्भीर भएर अघि बढ्ने उनिहरुको भनाइ थियो । उनले सबै पक्षलाई मिलाएर विकास र नगरको समृद्धिमा लाग्ने प्रतिबद्धता जनाइन ।

भरतपुर महानगरको प्रमुखमा नेकपा (एमाले)का देवी ज्ञवालीलाई २०३ मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल विजयी भएकी हुन् । उनले ४३ हजार १२७ मत प्राप्त गरेकी हुन भने निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे ।

यस्तै उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले ४७ हजार १९७ मत प्राप्त गरी विजयी भएकी हुन् भने निकटमत प्रतिद्वन्द्वी एमालेकी दिव्या आचार्यले ३९ हजार ५२५ मत प्राप्त गरेकी हुन् निर्वाचित भएपछि राति नै सामान्य विजयी जुलुस निकालिएकामा आज पनि भरतपुरमा भव्य विजयी जुलुस निकाल्ने तयारी छ ।

भरतपुरमा माओवादी केन्द्र र काँग्रेसले प्रमुख र उपप्रमुखमा तालमेल गरेको थियो । गएको जेठ १४ गते मतपत्र च्यातिएपछि विवादित बनेको निर्वाचन अघिल्लो शनिबार सर्वाेच्चको फैसलासँगै भरतपुर–१९ मा पुनः मतदान भएको थियो ।

विशेष