राजनीति स्वास्थ्य

भरतपुर महानगरपालीका मेयरको पहिलो घोषणा महिलालाई निःशुल्क ओपीडी सेवा

भरतपुर महानगरपालीका मेयरको पहिलो घोषणा महिलालाई निःशुल्क ओपीडी सेवा


चितवन । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित प्रमुख रेणु दाहालले आइतबार साँझ पदभार ग्रहण गर्दै सरकारी अस्पतालमा महिला र ज्येष्ठ नागरिकलाई बहिरंग टिकट शुल्क निःशुल्क गर्ने निर्णय गरेकी छिन् ।

प्रमुख दाहालले जिल्लाको सरकारी अस्पताल भरतपुरमा उपचारका लागि आउने महिला र ६० वर्ष नाघेका पुरुषको टिकट निःशुल्क गर्ने निर्णय गरेकी हुन् ।

भरतपुर अस्पतालमा गत आर्थिक वर्षमा एक लाख ५५ हजार बिरामीले बहिरंग सेवा लिएका थिए । तीमध्ये ५५ प्रतिशत महिला र ज्येष्ठ नागरिक रहेको अस्पताल विकास समितिका सदस्यसमेत रहेका भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले बताए । जसका लागि वार्षिक रु ४१ लाख हाराहारी खर्च हुने उनको भनाइ छ ।

साठी वर्ष तलका महिलालाई बहिरंग टिकट शुल्क ३० रुपैयाँ लाग्दछ भने ज्येष्ठ नागरिकलाई रु १५ लाग्दछ । प्रमुखले पहिलो सदर गरेको निर्णयमा बिरामीको सङ्ख्या बढ्न सक्ने भन्दै वार्षिक रु ५९ लाख ४० हजार खर्चको अनुमोदन गरिएको छ ।

सो निर्णयको अनुमोदन गर्दै प्रमुख दाहालले महिलाको स्वास्थ्यका समस्यालाई आफूले राम्ररी बुझेको भन्दै महिलालाई उपचारको पहुँचमा ल्याउन बहिरंग टिकट निःशुल्क गरिएको बताइन् ।

विशेष