राजनीति अन्तरवार्ता भिडियो

राजपा नेपाल यहि माटोको हो भने चुनावमा आउँछ (भिडियोसहित)

राजपा नेपाल यहि माटोको हो भने चुनावमा आउँछ (भिडियोसहित)

साउन २३ । नेकपा मालेका पोलिटब्यूरो सदस्य पुण्य गौतम कुनै बेला नेकपा माओवादीमा थिए । माओवादीले जनयुद्ध सुरु गरेलगत्तै उनी त्यो सशस्त्र विद्रोहमा लागे । गौतमको भनाइअनुसार माओवादीमा शैद्धान्तिक विचलन आएपछि उनले त्यो पार्टी छाडे । त्यसपछि मणि थापाको पार्टीमा गए । अहिले उनी नेकपा मालेमा छन् । नेपालआजसँगको कुराकानीका क्रममा उनले मधेसमा राजनीति केन्द्रीत गर्दै आएको राजपा नेपाल कहाँबाट सञ्चालीत भएको, कसले निर्माण गरिदिएको भन्ने नै स्पष्ट नभएको बताएका छन् । उनले नेपालकै माटोमा यो पार्टी बनेको भए उसले निर्वाचनमा भाग लिने बताए । नेपालको भूमि प्रयोग मात्रै गरेर विदेशीले बनाइदिएको भए यो पार्टीले निर्वाचनमा भाग नलिने र मुलुक सधै अस्थिर राख्न सघाउने उनको दाबी छ । 

राजपाको कुनै विकल्प पनि छैन – गौतमले भने– दुई चरणको निर्वाचन छाडिसकेको छ । अब फेरि पनि २ नम्बर प्रदेशमा उनीहरु भागे भने त्यसको फाइदा अरुले लिन्छन् ।

तराईलाई नेपालको कश्मिर बनाउने, सधै पीडा दिइरहने घाउ बनाउने चाहना छ भने मात्रै राजपा नेपाल निर्वाचन बहिष्कार गर्ने छ । गौतमले राजपा नेपालले यसो गर्न नहुने बताएका छन् ।

अहिले निर्वाचन पछि पनि जनप्रतिनिधिले जनताले खोजेजस्तो काम गर्न नसकेको उनले बताए । चीन र भारतबीच डोक्लाममा भइरहेको विवादमा नेपालको भूमिका के छ ? उनले भारत र चीन बीच युद्ध भए नेपालले कहिले पनि भारतको पक्ष लिन नसक्ने बताए । उनले भने –यस्तो बेला चुप लागेर बस्नु नै ठिक हुन्छ ।  डोक्लामको विवाद भुटान र चीनको भएको स्पष्ट पारे । यसमा भारत अनावश्यक हिसाबले प्रवेश गरेको बताए ।

विशेष